भोजपुरमा तीन सामुदायिक संस्था सहित दुई उद्यमी सम्मानित


भोजपुर,३१ असार ।
भोजपुर जिल्लाका क्रियाशिल तीन सामुदायिक संस्था र दुई उद्यमीलाई सम्मान गरिएको छ । सदरमुकाममा सामुदायिक संस्था सिर्जनशीलता पुरस्कार वितरण तथा स्थानिय तह अन्तरक्रिया एवं ज्ञान तथा सीप प्रर्दशन कार्यक्रम मार्फत उनीहरुलाई सम्मान गरिएको हो ।

गरिवी निवारण कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ५ ओटा सामाजिक संस्था अन्तर्गत गठन भएका तीन सय ८२ ओटा सामुदायिक संस्था मध्ये उत्कृष्ट तीन ओटालाई नगद १५ हजारको साथ सम्मान पत्र र दोसल्ला ओडाएर सम्म गरिएको हो ।

सम्मानति हुने सामुदायिक संस्थाहरुमा प्रगतिशिल सामुदायिक सस्था नेपाले डाँडा, प्रगतीशिल सामुदायिक संस्था हेलौछा, र भुमीदेवी सामुदायिक संस्था वासीखोरा रहेका छन् । त्यस्तै सफल उद्यमी तर्फ मिठे दर्जी र हतुवागढी गाउँपालिका ६ की राम कुमारी राईलाई सम्मान गरिएको छ । दर्जी सामुदायिक संस्थामा लागेर सिलाई कटाई तर्फ उत्कृष्ट र त्यस्तै रामकुमारी राई चोयाको नाङ्लो वुन्ने व्यवसायमा उत्कृष्ट वनेकी हुन् ।
उनीहरुलाई प्रोत्साहन स्वरुप नगद १२ हजार साथमा सम्मान पत्र र दोसल्ला अ‍ेढाएर सम्मान गरिहेको हो । कार्यक्रम गरिवी निवारण कोषको आर्थिक सहयोग तथा जिल्ला समन्वय समितिको आयोजनामा गरिएको हो । कार्यक्रममा वोल्दै भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले गरिवी निवारण कार्यक्रमलाई स्थानिय तहको पनि साथ रहने वताए । उनले गरिवी निवारण मन्त्रालय नै गरिव रहेको वताउदै सरकारले नै यस कार्यक्रमलाई मजवुद वनाउन नसकेको दावी गरे ।


त्यस्तै समापन कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिकी सदस्य सविना राईले राज्यको कार्यक्रम भए पनि यसको व्यवस्थापन फितलो रहेको वताइन् । सरकारले गरिवी निवारणको नारा दिए पनि गरिवी निवारणको क्षेत्रमा काम गरिरहेका कतिपय कर्मचारीले विना तलव काम गर्नु पर्ने अवस्था रहेकोले कार्यक्रम लक्ष्य अनुसार सञ्चालन नभएको दावी गरिन् ।


गरिवी निवारण कार्यक्रम अन्तर्गत ५ ओटा संस्थाले जिल्ला विभिन्न ठाउँमा सञ्चालन गरेका कार्यक्रम तथा प्रगती विवरणको विषयमा समेत जानकारी दिएको थियो । गरिवी निवारण कार्यक्रम अन्तर्गत हालका ४२ ओटा वडाका ९ हजार २ सय ७४ घरधुरी अर्थात २७ प्रतिशत मानिस समेटिएको जानकारी दिएको छ ।


गरिवी निवारण कोष जिल्ला इकाइ कार्यालयका कार्य प्रवन्धक उत्तम खड्काले यस कार्यक्रम अन्तर्गत ९ करोड ५९ लाख ८२ हजार २ सय ५८ र सामुदायिक सस्थाको १० प्रतिशत लगानी गरि जिल्लामा हाल ११ करोड २९ लाख ४ हजार ६ सय रुपैया परिचालन वताए । तर सरकारले यस कार्यक्रमलाई हटाउन लागेको वताउदै, अव स्थानिय तहमा परिचालन भएको पुँजीको जिम्मा कस्ले लिने भन्नेमा अन्योलता रहेको उनको भनाई थियो । कार्यक्रममा व्यवसायिहरुले निर्माण गरेका सामग्रीको प्रर्दशनि समेत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार