भोजपुरमा युवालाई नेतृत्व विकास तालिम


भोजपुर,२५ असार ।
जिल्ला युवा समिति भोजपुरले एक दिने युवा परामर्श सेवा कार्यक्रम सञ्चालन गरेको छ । युवाहरुको क्षमता विकास तथा नेतृत्व विकास गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको जिल्ला युवा समिति भोजपुर अध्यक्ष विकास राईले जानकारी दिए ।

युवाहरुलाई उद्यमशिल वनाउन कार्यालयले विगत वर्षमा विना धितो विना व्याज क्रण दिएको वताउदै यस वर्ष पनि युवाहरुलाई त्यस्तो खालको ऋण दिने अध्यक्ष राईको भनाई थियो ।

 

कार्यालयले गत वर्ष खावा र च्याङ्ग्रेका युवा उद्यमीलाई ५/५ लाख ऋण दिएकोमा यस वर्ष पनि धोद्लेखानीका युवा उद्यमीलाई ऋण दिने जनाएको छ ।

कार्यक्रममा जिल्लाभरका २५ जना युवाको सहभागीता रहेको छ । भोजपुरको तालिम केन्द्रमा सञ्चालन भएको कार्यक्रमको सहजीकरण गणेश तिमलसेना र तीर्थराज राईले गरिहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार