भोजपुर, २२ असार ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा लागु औषध तथा घरेलु मदिरा नियन्त्रण सम्वन्धी २ दिन अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रम मार्फत समाजलाई अपराध रहित तुल्याउन स्थानियसंगै प्रहरीको भुमिकाको विषयमा जानकारी दिएको थियो ।
सामुदायिक सेवा केन्द भोजपुरकी अध्यक्ष लिलामाया तामाङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष किरण राई र विषेश अथितिको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख केसव कुमार थेवे रहेका थिए ।
त्यस्तै नागरिक समाजका संयोजक प्रशुराम तिवारी, समाज सुधार सस्था भोजपुरका अध्यक्ष प्रेम कार्की, विभिन्न वडा अध्यक्ष, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो ।
गाउँपालिकाको प्रयोजनमा भएको कार्यक्रमको आयोजना जिल्ला प्रहरी कार्यालय भोजपुर र सामुदायिक सेवा केन्द्र भोजपुरको गरेको हो ।