काठमाडौं १८ असार । रसियामा जारी प्रिक्वाटरफाइनलमा रसिया विजयी भएको छ। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बरबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा रसियाले ४-३ गोल अन्तरले पराजित गरेको हो।
टाइब्रेकरमा कोकेले पेनाल्टी मिस गरे जसले गर्दा आयोजक राष्ट्र क्वाटरफाइनलमा पुग्न सफल भएको छ।
आज भएको खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो।
आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्यो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए।
रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो।