भोजपुरमा औषधी पसलको छड्के अनुगमन


भोजपुर, ६ असार । सदरमुकामका औषधी पसलहरुको छड्के अनुगमन गरिएको छ । वुधवार जिल्ला प्रसासन कार्यालय भोजपुरको अगुवाईमा सदरमुकामका सञ्चालित ८ वटा औषधी पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ८ वटा औषधी पसल मध्ये ३ वटा पसलमा म्याद गुज्ररीएको ओषधी फेला परेको छ ।

अनुगमनका क्रममा डाक्टरको सिफारिस अनुसारनै औषधी बिक्रि वितरण भइरहेको, लागु औषधहरु विक्रि वितरण नगरेको, सबै पसलहरु दर्ता भएर सञ्चालन भएको, औषधीलाई सुरक्षित रुपमा भण्डार गरिएको भेटेको जिल्ला जिल्ला प्रशासन कार्यालय भोजपुरका नायव सुब्बा प्रकास आचार्यले वताए ।
त्यस्तै अनुगमनका क्रममा भेटिएको नेपाल मेडिकल हललाई एक हप्ता भित्र सामान फिर्ता गर्न निर्देशन दिएको र अर्को पटक पनि त्यस्तो कमजोरी भेटिएमा कानुन बमोजिम कारबाहि गर्ने नायब सुब्बा आर्चायले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार