भोजपुर, ३ असार ।
सडक खन्ने क्रममा ढुङ्गाले किच्दा एक वृद्धको ज्यान गएको छ।
आइतवार षडानन्द नगरपालिका–३ कुनालुङ्गको शंखेखोलामा सडक खन्ने क्रममा ढुंंगा खस्दा ७० वर्षिया श्रीप्रसाद राईको ज्यान गएको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । शनिबारबाट स्थानीय वासिन्दाको जनश्रमदानमा वाटो निर्माण भई रहेको थियो ।
वर्षातका कारण अकस्मात रुपमा सडकको माथिवाट झरेको ढुंगाले राईलाई ढुंगाले किचेको प्रहरीले जनाएको छ । एक्जाभेटर भिर फुटाउने क्रममा विग्रिएपछि स्थानीयले सो सडक बनाउन शुरु गरेका थिए ।