सङखुवासभामा सुरुङ खन्ने क्रममा ४ जना पुरिए


सङखुवासभा २ असार ।
सङखुवासभाको मकालुगाउँपालिका स्थीत अरुण तेश्रोको ड्यामनिर्माण क्षेत्र फ्याक्सीन्दा दोभानमा अरुण तेश्रोको सुरुङ खन्ने क्रममा ४ जना पुरिएका छन् ।

सुरुङको प्रवेश द्वारलाई पुर्ने गरि माथीबाट पहिरो झरेपछि दुई नेपाली र दुई भारतीयकामदार पुरिएका हुन् । सुरुङ भित्रपुरिनेहरुमा कालिकोट सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तका नन्द किशोर रहेका छन् ।

घटना लगत्तैबाट उद्धार गर्न सुरक्षाकर्मी खटाईएपनि छिन छिनमा पहिरो झर्ने हुँदा उत्खनन गरिएको भाग पनि पुरिने समस्यकाका कारण उद्धार गर्न नसकिएको जिल्ला कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक श्याम सारु मगरले जानकारी दिए । त्यस क्षेत्रमापानी परिरहने भएकोले पनि थप समस्या भएको प्रहरी नायव उपरिक्षक मगरले बताउए ।

पुरिएकाहरुको उद्धारको लागि प्रहरी र नेपाली सेना खटाईएको प्रमुख जिल्लाअधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । सुरुङभित्र पहिरो नगएको अवस्थामा हाल सम्मउनीहरु जिवित रहेको हुनसक्ने भएकोले त्यस क्षेत्रमा अक्सिजन, औषधी र चिकित्सक तैनाथगरिएको डिएस्पी मगरको भनाइ छ । अहिलेसम्म त्यस ठाउँमा २६ मिटर सुरुङ खनिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार