
भोजपुर,२७ जेठ ।
भोजपुर जिल्लामा स्थानिय तहका न्यानिक समितिमा प्राकृतिक श्रोत द्धन्द रुपान्तरण सम्वधी कमै मात्रमा उजुरी पर्ने गरेको पाईएको छ । आइतवार भोजपुर सदरमुकामा प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रको पाँचौं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो ।
यस सस्थाले प्राकृतिक श्रोत द्धन्द रुपान्तरण घटनामा कसरी मेलमिलाप गराउन सकिन्छ, भन्ने विषयमा जिल्लामा सम्पुर्ण स्थानिय तहका न्यायिक समितिका सदस्यहरुलाई यस अघि ८ दिने तालिम दिएको भएपनि त्यसको कार्यन्वयन भने कमै मात्रमा भएको पाइएको हो ।
स्यानिय तहका विवाद समाधानको लागि न्यायिक समिति वनेको भए पनि सर्वसाधारणहरुमा यसको विषयमा कमै मात्र ज्ञान हुँदा प्राय यस्ता खालका घटनाहरु प्रसासन कार्यालयमा जाने गरेको भोजपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक ममिता राईले वताइन् । साथै उनले भोजपुर नगरापालिकाका १२ ओटै वडामा न्यायिक समिति गठन गरेर काम गर्ने समेत जानकारी दिइन् ।
स्थापना दिवसको अवसरमा वोल्ने वक्ताहरुले प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रको भोजपुर जिल्लामा पनि अत्यन्तै आवश्यकता रहेको वताउदै जल जमिन र जंगलमा हुने विभिन्न खालका समस्या समाधानमा यसको महत्वपुर्ण भुमिका रहेको वताएका थिए । कार्यक्रममा वोल्दै जिल्ला वन कार्यालय भोजपुरका वन अधिकृत रामवावु शाहले देश स्थानिय संघियतामा गएसंगै प्राकृतिक श्रोत सम्वन्धी विवाद पनि वढ्ने भएकोले आगामी दिनमा यसको भुमिका अझ ठुलो हुने वताए थिए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति लक्ष्मण खड्काले केन्द्रको द्धन्द रुपान्तरणको लागि भुमिका महत्वपुर्ण रहेको वताउदै सवै स्थानिय तहले द्धन्द रुपान्तरणको क्षेत्रमा वजेट विनियोजन गरी कार्ययोजना वनाएर अगाडी वढ्नु पर्ने वताए ।
केन्द्रले हाल सम्म गरेको क्रियाकलापको विषयमा जानकारी गराउदै केन्द्रका राष्ट्रिय श्रोत व्यक्ति राजन राईले जिल्लामा धेरै प्राकृतिक श्रोत सम्वन्धी विवाद भए पनि आगामी दिनमा ४ ओटामा काम गर्ने लक्ष्य रहेको जानकारी गराए ।
। स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न संघ सस्थाका प्रतिनिधि, सरोकारवाला, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।














