भोजपुरमा वालिका करणी अभियोगमा दुई पक्राउ


भोजपुर २५ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले वालिका करणी गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । १३ वर्षीय वालिका करणी गरेको आरोपमा पडानन्द नगरपालिका –१२ देउराली वस्ने स्थानिय ३० वर्षीय भवानी कटेललाई प्रहरी चौकी देउरालीले नियन्त्रणमा लिएको हो ।

कटेलले जेठ १७ गते वालिकालाई कटहरे जंगलमा लगेर करणी गरेको प्रहरीको भनाई छ । वालिकाको संखुवासभा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पौवादुङ्मा गाउँपािलकाबाट पनि प्रहरीले १० वर्षीय वालिका करणी गरेको अभियोग एक वृद्धलाई पक्राउ गरेको छ । वालिकालाई एक सय र ५० रुपैयाको नोट दिएर ललाई फकाई गोठ लगेर जवर्जस्ती करणी गरेको अभियोग वडा नं – ३ का ७० वर्षीय मान वहादुर वोहरालाई नियन्त्रणमा लिएको हो ।

वालिकालाई २ पटक सम्म करणी गरेको पीडित दिएको उजुरी उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वोहराले वालिकालाई जेठ २ गते करणी गरेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार