
खोटाङ२४, जेठ – खोटाङमा नेत्रबिक्रम चन्द बिप्लवका तिन कार्यकर्ता पक्राउ परेका छन् ।
बिप्लव नेतृत्वको शिक्षक संगठनमा आवद्ध रहेका देउराली माबि डुम्रेधारापानीका शिक्षक जीवन राई, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका रामबहादुर राई र चुडाबहादुर मगरलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।
प्रनाउ थापाकाअनुसार वडा तथा गाउँपालिकामा जबरजस्त चन्दा असुली र धाकधम्की दिएको सूचनाका आधारमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । जीवन राई र रामबहादुर राई सार्वजनिक मुद्धामा तारिख खेपीरहेको प्रहरीले जनाएको छ ।
बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङका इन्चार्ज विवस चौंलागाईले भने शिक्षक राई शिक्षक संगठनमा आवद्ध भए पनि बिक र मगर पार्टीबाट स्वतन्त्र बनिसकेको बताए । उनले आफ्ना समर्थकलाई बीना कारण पक्राउ गरिएको दाबी गरेका छन् ।














