भोजपुर, २४ जेठ ।
जिल्ला अदालत भोजपुरले मानव बेचविखन तथा ओसार पसार मुद्धामा एक युवतीलाई दुई वर्ष कैदको सजाए तोकेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं- ६ दोभानेकी १८ सविना राईलाई दुई वर्ष कैदको फैसला गरेको हो ।
राईलाई सोहि वडाका दुई जना वालिकालाई बेचविखन गर्न लगेको आरोपमा जिल्ला न्याधीस हरीश्चन्द्र इङनामको एकल इजालसले मानव बेचविखन तथा ओसार प्रसार नियन्त्रण ऐनको दफा १५ को उपदफा १ को (च) बमोजीम २ वर्ष कैदको फैसला गरेको हो ।
राईले आफ्नै गाउँका नाता पर्ने १५ वर्षीय र १६ बर्षीय दुई जना वालिकालाई ललाई फकाई गरि होटलमा जागिर लगाई दिन्छु भन्दै भारत तर्फ लैजादै गर्दा संखुवासभा प्रहरीले वैसाख ५ गते पक्राउ गरेको थियो ।
संखुवासभामा आवश्यक वयान लिए पश्चात राईलाई संखुवासभा प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो । विराटनगरको एक होटलमा काम गर्दै आएकी आरोपित राई दोभानेमा आएर गत वैसाख ४ गते दुई जना बालीकालाई गाउँबाट लिएर भारत तर्फ हिडेकी थिइन् ।