भोजपुरको देवान्टारमा साथीले चलाएको भरुवा वन्दुकले लागेर एकको मृत्यु


भोजपुर, २४ जेठ ।
भोजपुरको आमचोक गाउँपालिका– ७ देवान्टारको दिङलापुमा साथीले चलाएको भरुवा वन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।
वुधवार साँझ सोही ठाउँको एकुवा खोलाको जंगलमा शिकार खेल्न संगै गएका आफ्नै साथी ५३ वर्षीय हर्क वहादुर राईले चलाएको वन्दुकको छर्रा लागि दुम्मानाका ६० वर्षीय धन वहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ ।मृतक धन वहादुरको घाँटीको विभिन्न ठाउँमा छर्रा लागेको प्रहरीले जनाएको छ । घटना पस्चात एक थान भरुवा वन्दुक सहित हर्क वहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना स्थलमा पनि एक थान लोड गरेको भरुवा वन्दुक फेला परेकोले कानुनी प्रक्रिया तथा अन्य अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार