भोजपुरको अन्नपुर्णमा विजुली वल्यो


भोजपुर, २३ जेठ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ३ अन्नपुर्णमा जलविद्युत आयोजना सञ्चालनमा आएसंगै स्थानिय खुसी भएका छन् । स्थानिय वाचिम्ले खोलाबाट ४० किलोवाटको विद्युत आयोजना सञ्चालनमा आएसंगै स्थानिय खुसी भएका हुन् ।

आयोजनाले साविकको अन्नपुर्ण गाविसका ३ सय ७४ घरदुरी लाभान्वीत भएको वाचिम्ले लघुजलविद्युत परियोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द मुकारुङ्गले बताए । विद्युत बल्न थालेपछि स्थानिय स्तरमा रहेको कुटानि पिसानि मिल,कम्पुटर सेन्टर, गाउँपालिका लगायतका सरकारी तथा गैरसरकारी कार्यालयलाई सहज भएको स्थानियले वताएका छन् ।

आयोजना सम्पन्न गर्न २ करोड ४२ लाख खर्च भएको वैकल्पीक उर्जा पर्वद्धन केन्द्र अन्तरगत क्षेत्रिय सेवा केन्द्र इलाम अन्तगतका भोजपुर जिल्ला संयोजक राजेश विष्टले बताए । बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र अन्तरगत ग्रामिण उर्जा कोषको ८७ लाख र साविक अन्नपुर्ण गाविस हालका वडा बाट ३३ लाखका साथै उपभोक्ताबाट १५ लाख रुपैयाँ लागन साझेदारिमा आयोजना बनेको हो ।

जिल्ला समन्वय समिति भोजपुरले ६ लाख ८७ हजार अनुदान दिएको थियो । उपभोक्ताले नगदका साथै श्रमदान समेत गरेका थिए । हाउजिङ्ग एन्ड हाइड्रो सर्भिस प्रालि काठमाण्डौले आयोजनाको निर्माण गरेको हो ।

टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष इन्द्रावति राईले आयोजनाको उदघाटन गर्दै आयोजनाबाट उपभोक्ताले लाभ लिन सक्नुपर्ने बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार