
भोजपुर, २३ जेठ ।
भोजपुरको हतुवागढी गाउँपाकिाले २२ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ३६ ओटा विद्यालयका कक्षा ५ सम्मका विद्याथीलार्ई शैक्षिक सामग्री वितरण गरेको हो ।
गाउँपालिकाको शैक्षिक विकास गर्ने उद्धेश्यले विनियोजन गरिएको १५ लाख रकमबाट प्रत्येक विद्यार्थीलाई १/ १ दर्जन कपी, कलम,पेन्सील र एक थान डिक्स्नेरी गरि ६ सय वरावरको शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिए ।
सामग्री गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राई सहित अन्य जनप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने विद्यालयमा हस्तान्तरण गरेका थिए ।














