भोजपुर, २३ जेठ ।
जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्धामा संलग्नलाई एक जनालाई दुई वर्ष कैदको सजाए तोकेको छ । भोजपुरको अरुण गाउँपालिका वडा नं ४ चरम्बीका तिर्वल तामाङलाई २ वर्ष कैदको फैसला गरेको हो ।
तामाङले ०६८ साल पुष २८ गते सोहि वडाका सीताराम राईलाई कुटपीत गरी मारेको अभियोगमा जिल्ला न्याधीस हरीश्चन्द्र इङनामको एकल इजालसले कर्तव्य ज्यान मुद्धामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ (३) बमोजीम २ वर्ष कैदको फैसला गरेको हो ।
सीताराम रार्ईलाई गत ०६८ साल पुष २८ गते तामाङ्ग सहित अन्य दुई जनाको समुहले कुटपीट गरी मारेकाको अभियोगमा मुद्धा दर्ता भएको थियो । घटनामा संलग्न सोहि वडाका सौरभ तामाङ र जीत बहादुर तामाङ अझै फरार रहेका छन् । तिर्वद विरुद्ध गत ०६८ साल ८ माघमा प्रहरीमा जाहेरी परेको थियो भने प्रहरीले ०७४ साल २५ असोज पक्राउ गरेको थियो ।