भोजपुर,२१ जेठ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं –२ छिनामखुका ५४ वर्षीय प्रमेश राईलाई पुर्पक्षका लागि कारागार चलान गरीएको छ ।
कर्तव्य ज्यान मुद्धाका आरोपित प्रमेशलाई जिल्ला न्याधीस हरिश्चन्द्र इङनामको आदेशले पुर्पक्षका लागि कारागार चलान गरीएको हो । राईले गत बैशाख २३ गते र साँझ सामान्य घरयासी विवाद हुँदा आफ्नै जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईलाई कुटपीट गरेका थिए ।
कुटपीटबाट टाउको लगाएत शरीरका विभिन्न ठाउँमा चोट लागेर गम्भिर घाइते विद्याको जिल्ला अस्पतालमा उपचारको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका राईलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको दफा १८ को (२) बमोजिम थुनामा राख्ने आदेश अनुसार जेल चलान गरीएको जिल्ला अदालत भोजपुरका नायब सुब्बा सुवास पोखरेलले जानकारी दिए ।