काठमाडौं । नेपाल सरकारले निजामती सेवामा खरिदार पद हटाउने तयारी गरेको छ । अब खरिदार पदमा खुल्ला विज्ञापन नखुलाइने भएको छ ।सरकारले कार्यालय सहयोगि भन्दा माथि रहेको खरिदार पदमा कार्यालय सहयोगीले चाहे माथी आउन सक्ने नियम बनाएअनुसार उक्त पदको औचीत्य नदेखीएको कारण पद हटाईएको जनाएको छ ।पद कायम रहेपनि भरना नगरीए स्वतः पद खारेज हुने ब्यवस्था रहेको छ ।
त्यस्तै यसअघि नायब सुब्बा पदमा ४० प्रतिशत मात्र पदपूर्ति हुने गरेकोमा अब उक्त पदमा ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ ।