
भोजपुर,२० जेठ ।
भोजपुरको दक्षिणी दुई ओटा गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।
जिल्ला प्रसासन कार्यालय भोजपुरले जनतालाई घर दैलोमा पुगेर सेवा दिने लक्ष्यका साथ भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा शिविर सञ्चालन गर्न लागेको हो । शिविर आमचोक गाउँपालिमा जेष्ठ २१ गते देखि २३ गते सम्म र हतुवागढिमा गाउँपालिकामा २४ गते देखि २६ गते सम्म शिविर सञ्चालन हुने जिल्ला प्रसासन कार्यालयले भोजपुरले जनाएको छ ।
शिविर मार्फत विषेश गरेर नागरिकताको प्रमाण पत्र, आपङ्गता परिचय पत्र वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
शिविरमा जिल्ला प्रसासन, महिला विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको सहभागीता रहने जनाईएको छ । जिल्ला प्रसासन कार्यालयको अगुवाईमा यस अघि पनि जिल्लाका विभिन्न ठाउँ शिविर सञ्चालन भईसकेको छ ।