भोजपुर– काठमाण्डौ हवाई भाडा १३५० ले वृद्धि, कति पुग्यो नयाँ भाडा ?


भोजपुर,१९ जेठ । भोजपुर– काठमाण्डौ हवाई भाडामा वृद्धि भएको छ । राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगमले इन्धनको मुल्य वढेकोले हवाई भाडा वढाएको जनाएको छ ।

भोजपुरमा २२ गतेदेखि लागु हुनेगरी एक हजार तीन सय ५० रुपैयाले भाडा बृद्धि भएको नेपाल वायुसेवा निगमका भोजपुरका सहायक कार्यालय प्रमुख राजु मिजारले जानकारी दिए।
भोजपुर – काठमाण्डौ भाडादर तीन हजार ७ सय ८० बाट वढेर ५ हजार एक सय ३० पुगेको मिजारको भनाई छ । जेठ ८ गतेदेखि उडान स्थगित गरेको निगमले भोजपुरमा २२ गतेदेखि पुनः उडान सुरु गर्ने जनाएको छ ।

ट्विन अट्टर जहाज मर्मतका लागि उडान स्थगित गरिएको थियो । निगमको जहाजले भोजपुर –काठमाण्डौ मंगलवार विहिवार, शुक्रवार र शनिवार गरि हप्तामा चार दिन उडान भर्ने जनाइएको छ । विराटनगरको भने तत्काललाई उडान नहुने जनाईएको छ । अन्य पहाडी विमानस्थलको पनि भाडादर बृद्धि गरेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार