१२ जनाको मृत्यु, ११ को सनाखत


पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।

तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा थप १० जना घाइते भएका छन् ।घाइतेमध्ये एकको अबस्था गंभीर छ । दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ । मृतक मध्ये ११ को सनाखत भएको छ । बसमा २७ जना सवार थिए ।

मृत्यु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य रहेका छन् । त्यस्तै तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल,तानसेन ३ का बसन्ती खाण रहेका छन् ।

त्यसैगरी तानसेन ६ कै गिता बुढाथोकी ,तानसेन ३ कमला कार्कीको मृत्यु भएको छ । एक महिलाको नाम खुल्न सकेको छैन । दुर्घटनास्थलवाट उपचारका लागि युइनाईटेड मिसन अस्पतालमा लेजादै गर्दा तानसेन ६ का सचिन बज्रार्चाय रहेको मिसन प्रहरीको भनाई छ ।

दुर्घटनामा घाइते भएकाहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु,अर्जुन थापा र प्रविण बज्राचार्य रहेका छन् । घाइते मध्ये प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

११ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु २ त ९७५ नं। बस दुर्घटना भएको हो । रातभर पानी परेकाले सडक चिप्लो हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार