तेह्रथुममा जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद


तेह्रथुम, १७ जेठ । १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।

बिहीबार जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले विश्वकर्मालाई पाँच वर्ष कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिए ।
उनलाई तेह्रथुमको लालीगुराँस नगरपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गएको कात्तिक १० गते धनकुटाको सिधुवाबाट पक्राउ गरेको थियो ।

धनकुटा घर भएका उनी सामाजिक सञ्जालमा चिनजान र सम्पर्क भई तेह्रथुम आएर यहाँकी युवतीलाई उता लैजाँदै गर्दा परिवारको उजुरीका आधारमा प्रहरीले सिधुवाबाट पक्राउ गरेको थियो । पछि युवती आफैले जबरजस्ती करणी गरेको उजुरी गरेपछि राजकुमारका विरुद्ध जबरजस्ती करणी आरोपमा मुद्धा दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार