भोजपुर, १६ जेठ ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति भोजपुरको पहिलो जिल्ला प्रशिक्षण कार्यक्रम भोजपुर सदरमुकाममा वुधवार शुरु भएको छ । दुई सम्म सञ्चलान हुने कार्यक्रमको प्रमुख अथितिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला भोजपुर आएका छन् । प्रशिक्षण कार्यक्रम जिल्ला समन्वय समतिको हलमा सञ्चालन भईरहेको छ ।
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले विविधि कारणले गएको निर्वाचनमा सोचे जस्तो नतिजा ल्याउन नसेकोले त्यस्ता समस्यालाई समाधान गर्दै आगमी दिनमा सम्पुर्ण पार्टीपंती एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्यहरु गुरुराज घिमिरे, प्रदिप पौडेल, पुर्व केन्द्रिय सदस्य कुमारी लक्ष्मी राई, नेपाल तरुण दल केन्द्रिय कार्यवाहक अध्यक्ष तथा सहासमिति सदस्य उक्तम चापागाई, प्रदेश नम्वर एकका मुख्य सचेतक केदार कार्की, जिल्ला सभापति नन्दमनी राई लगाएत नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।