खानेपानी आयोजनाको लागि समयमा रकम नतिरे धारा काटिने, यस्तो तोकियो समय सिमा !


भोजपुर, १६ जेठ ।
भोजपुर नगरपालिका क्षेत्रमा सञ्चालन हुन लागेको तेस्रो साना सहरी खानेपानी आयोजनाको लागि तोकिएको रकम समयमा भुक्तानी नगरे उपभोक्ताको धारा काटिने भएको छ । पटक – पटक तोकिएको रकम तिर्न सुचना जारी गर्दा पनि उपभोक्ताले रकम जम्मा नगरेपछि रकम तिर्न आनकानी गर्नेहरुको लागि वुधवार सर्वपक्ष वैठक मार्फत धारा काट्ने निर्णय गरिएको हो ।

जिल्लामा सिलिचुङ्ग खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति मार्फत पानी उपभोग गरिरहेका रकम भुक्तानी गर्न बाँकीलाई लक्षित गरेर यस्तो निर्णय गरिएको हो । यस खानेपानी आयोजनाका लागि कुल लगानीको ५ प्रतिशत उपभोक्ताले लगानी गर्नु पर्ने पनि रकम सवै उपभोक्ताबाट अझै सम्म पनि जम्मा नभएको कारण धारा काट्ने निर्णय गरीएको हो ।

रकम जम्मा गर्न बाकी रहेका कार्यालयको हकमा ७ दिन र उपभोत्ताको हकमा १० दिनको समय सिमा भित्र पैसा जम्मा गर्ने सुचना जारी गर्ने र सोे समयमा पनि नतिरे विना सुचना धारा काट्ने निर्णय गरीएको र त्यसको नगरपालिकाबाट स्विकृति गराई तत्काल कार्यन्वयन गरिने सिलिचुङ्ग खानेपानी सरसफाई तथा मुल उपभोक्ता समितिका प्रविन कुमार सुवालले वताए ।

नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोष क्रण २५ र उपभोक्ता समितिबाट ५ प्रतिशत गरि कुल ७० करोड ९१ लाख ९९ हजार १ सय ९४ रुपैया लागतको योजना सञ्चालन गर्न लागिएको हो । अहिले सम्म ५ सय २१ घरधुरीबाट जम्मा ८० लाख ८९ हजार रकम संकलन भएको जनाइएको छ । आयोजनाबाट भोजपुर नगरपालिकाको वडा नं ५, ६, ७, ८, ९ र १२ का २ हजार १ सय ९० घरधुरी लाभान्वित हुने छन् । शुल्क वुझाउदा नयाँ उपझोक्ताले २५ हजार, पुराना उपभोक्ताले १५ हजार जम्मा गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार