सामान्य प्रशासनले ८० शाखा अधिकृतलाई दुर्गमको स्थानीय तहमा खटायो…


काठमाडौ, १४ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकै पटक विभिन्न स्थानीय तहमा खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष गरी प्रदेश नं ६ र ७ का दुर्गम जिल्ला तथा प्रदेश नं २ का स्थानीय तहका रिक्त स्थानमा ८० जना अधिकृतलाई खटाइएको हो । लोकसेवा आयोगवाट शुक्रवार साँझ सिफारिस भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका थिए ।

सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भई आएलगत्तै एकै दिनमा सवैलाई स्थानीय तहमा खटाइएको संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ । सवै कर्मचारीलाई स्थानीय तहमा पदस्थापन गरी आइतवार नै सबैलाई चिठी नै दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले बढुवा भएका शाखा अधिकृतलाई पदस्थापन गर्दा उनीहरुको पीआईएसको आधारमा सकेसम्म घरपायक तथा घर नजिकैको जिल्लामा खटाइएको पनि मन्त्रालयले जनाएको छ ।

दुर्गम जिल्लामा पदस्थापन भएका नयाँ शाखा अधिकृतहरु दुर्गमका स्थानीय तहमा नगए उनीहरु सबैलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार