
काठमाडौं,१४ जेठ । भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ ।
गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ कोक सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएको भन्दै केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेको हो । विभिन्न चाडपर्व तथा दिवसमा दिइँदै आएको बिदा कटौँती भएको छ ।
तर प्रदेश सरकारले केन्द्र सरकारको निर्णय बिपरित कटौँती गरिएका दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यसअघि प्रदेश दुर्इमा केन्द्र सरकारले कटौती गराएको बिदा हटाएर थ