भोजपुर, १४ जेठ ।
भोजपुरको षडानन्द नगरपालिका –३ मा तातो खोलेमा ढुब्दा एक वालिका गम्भिर घाइते भएकी छिन् ।
स्थानिय डम्वर वहादुर खत्रीकी ७ वर्षीय छोरी करिणा दाहाल घाइते भएको प्रहरीले जनाएको छ । वालिकाको भुडी नाइटोसंगै तलको सम्पुर्ण भागमा खोलेले पोलेको प्रहरीको भनाई छ ।
घटना पश्चात तत्काल उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको त्यहा उपचार हुन नसके पछि म्याक्स अस्पताल विराटनगर रिफर गरिएको छ । घटना वुधवार घटेको प्रहरीले जनाएको छ ।