भोजपुरको रामप्रसादराई गाउँपालिकाद्धारा एक करोड वजेट रकमान्तर, यस्तो वनायो ऐन !


भोजपुर, १२ जेठ ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाले ४ ओटा ऐन पास गरेको छ । विहिवार सम्पन्न भएको विषेश गाउँसभा मार्फत विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, कृषि व्यवसाय प्रवन्धन ऐन, सहकारी ऐन र प्रशासकिय कार्यविधि ऐन पास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम लिम्वुले जानकारी दिए ।

रामप्रसादराई गाउँकार्यपालिका र गाउँपालिकाले हाल सम्म कार्यालय कार्यविधि र ऐन गरि समग्रमा २० ओटा कानुन पारित भएको लिम्वुले वताए । यी कानुन निर्माण गरिएसंगै अव विकास निर्माणको काम गर्न सहज भएको गाउँपालिकाको उनको भनाई छ ।
त्यस्तै विषेश सभाले प्रथम गाउँसभाले विनियोजन गरेको वजेटबाट एक करोड वजेट रकमान्तर गरेको छ । यो आर्थिक वर्षमा सम्पन्न गर्न नसकिने खालका कार्यक्रमको वजेट रकमान्तर गरिएको हो ।

यसरी रकमान्तर भएको वजेट मध्येबाट सडक स्तर उन्नतीलाई पहिलो, स्वस्थ्यलाई दोश्रो र पशु विकास तथा सरसफाईलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिने गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार