भोजपुरमा अवरुद्ध विद्युत नियमित गर्न माग गर्दै जिल्ला प्रशासनमा ‘डेलीकेसन’


भोजपुर, १० जेठ ।
भोजपुरमा एक साता देखि अवरुद्ध विद्युत सेवा नियमित गर्न स्थानियले माग गरेका छन् । लामो समय देखि नियमित रुपमा विद्युत अवरोध भएपछि स्थानियसंगै सरोकारवाला निकायले जिल्ला प्रसासन कार्यालयमा पुगेर डेलिकेसन सहित नियमित विद्युतको माग गरेका हुन् ।

कुनै समयमा विद्युत आए पनि भोल्टेज हाई – लो हुँदा विद्युतिय सामग्रीमा क्षति पुगेको भन्दै स्थानिय आक्रोशित समेत वनेका छन् । विद्युत सेवा नियमित गर्न डेलिकेसन सहितको टोली पुगे पछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख राम आशिस शाहलाई नियमित रुपमा भइरहेको विद्युत अवरोध विषयमा सोधवुझ समेत गरेकी छिन् ।

सोधवुझको क्रममा प्रमुख शाहले पिलुवामा विद्युत मर्मत भइरहेको, जिल्लामा पनि विभिन्न ठाउँमा समस्या रहेको साथै कर्मचारी अभाव रहेको कारणले पनि विद्युत सेवा नियमति गर्न नसकेको वताएका छन् । साथै उनले शुक्रवार सम्म विद्युत सेवा सुचारु गर्ने लक्ष्यका साथ काम भईरहेको वताएका छन् ।
जिल्लामा वितरण भएको ३३ केभि केन्द्रिय प्रसारण लाइनमा नियमति जसो समस्या हुँदा जनजिवन कष्टकर वनेको छ । विद्युत अवरोध हुँदा सरकारी कार्यालय, वैंक तथा वित्तिय सस्था, एफएम रेडियो, दुग्ध उद्योग, सञ्चारकर्मी, स्थानिय लगायतलाई समस्या भएको छ । विहिवार सेवाग्राही, उद्योग वाणिज्य संघ, नागरिक समाज, उपभोक्ता अधिकार मञ्च, पत्रकार, उद्योगी व्यावसयी लगाएतको टोली जिल्ला प्रशासनमा पुगेर विद्युत सेवा नियमित गर्न माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार