ताप्लेजुङ । ताप्लेजुङमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ स्थित चाँगेमा सामान्य विवाद पछि बन्चरो प्रहार हुँदा घाईते बनेका स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले बन्चरो प्रहार गरेका थिए । घाईते लिम्बुलाई सोमबार साँझ नै जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईए पनि यहाँ उपचार सम्भव नभए पछि मंगलबार विहान जिल्ला बाहिर रेफर गरिएको थियो । उनको नोवेल अस्पताल विराटनगरमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो । बन्चरो प्रहार गर्ने लिम्बुलाई लाई भने घटना लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।