भोजपुरको सिक्तेल खोला जलविधुत आयोजना संरक्षणमा अझै ध्यान गएन ..


भोजपुर, ९ जेष्ठ ।
नौ वर्ष भन्दा वढी समयबाट अलपत्र परेको भोजपुरको सिक्तेल खोला जलविधुत आयोजना संरक्षणमा कसैको ध्यान पुगेको छैन । विद्युत गृह विग्रिएको यतिका समय सम्म सञ्चालनमा ल्याउन पहल नगरिदा विद्युतका साम्रगी कवाडीमा परिणत भएका छन् ।

भोजपुर जिल्लामा तत्कालिन समयमा वजार क्षेत्रसंगै आसपासका ठाँउहरुमा विद्युत वितरण गरिरहेको आयोजना सम्वन्धीत निकायको आपसी विवादका कारण अलपत्र परेको हो ।  विद्युत गृह २०३८ सालवाट सञ्चालनमा आएको थियो ।

 विद्युत गृह सडक निर्माणको क्रममा माथीबाट ढुङ्गा झरेर छेद विच्छेद वनेको छ । यस आयोजनाले तत्कालिन समयमा २ सय ५० किलोवाट विद्युत उत्पादन गरिरहेको थियो । विद्युत गृह वन्द हुनुमा स्थानियले पनि दुखेसो गरेका छन् ।

देशलाई लोडसेडिङ्ग मुक्त घोषणा गरिएको वेला जिल्लामा भएको एउटा विद्युत गृह वन्द हुनुमा स्थानियले पनि आपति जनाएका छन् । पछिल्लो समयमा आएर भोजपुरमा वितरण भएको ३३ केभिए प्रसारण लाइनमा नियमित जसो समस्या हुन थालेपछि जनजिवन निकै कष्टकर वनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार