भोजपुरको तीनतलेमा वोलेरो दुर्घटना


फोटो लदार्ची शेर्पाको फेसवुकबाट

भोजपुर, ८ जेष्ठ ।
भोजपुर जिल्लाका तीन तले भन्ने ठाँउमा वेलेरो दुर्घटना भएको छ ।

भोजपुर सरमुकामबाट जिल्ला समन्वय समितिका कर्मचारी वोकेर दिंला तर्फ जादै गरेको को १ ज २८४६ को वोलेरो सामन्य दुर्घटना भएको हो । वोलेरोमा जिल्ला समन्वय अधिकारी वासुप्रसाद कोइराला सहित चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

हिलाम्य सडक भएको कारण वोलेरो सडकबाट चिप्लिएको प्रहरीको भनाई छ । वोलेरोमा सवार ४ जना सकुसल रहेको जनाईएको छ । वोलेरो निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार