

भोजपर,७ जेष्ठ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका – ३ च्याङ्ग्रेका ४ जना स्थानियले करिव ७५ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् ।
वहुउद्धेश्य कवड हल निर्माणको लागि स्थानिय विर वहादुर खत्री र कृष्ण वहादुर खत्रीले २५ लाख मुल्य वरावरको ३ रोपनी जग्गा निशुल्क दिएका हुन् ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणको लागि स्थानिय रण वहादुर खत्री र नरमाया विश्वकर्माले ५० लाख मुल्य वरावरको ८ रोपनी ८ आना जग्गा निशुल्क गाउँपालिकको नाम पास गरिदिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
रण वहादुरले ४ रोपनी ८ आना र नरमायाले ४ रोपनी जग्गा दिएका हुन् । गाउँपालिकाले वहुउद्धेश्य कवोड हल निर्माणको लागि ४० लाख वजेट विनियोजन गरिसेकोले अव चाडै निर्माणको काम शुरु गरिने अध्यक्ष राईको भनाई छ । साथै अध्यक्ष राईले गाउँपालिकाको विकासका लागि निशुल्क रुपमा लाखौं मुल्यको जग्गा प्रदान गर्ने चारै जनालाई धन्यवाद दिएका छन् । सवैजनाले सोमवार गाउँपालिकाको नाममा जग्गा पास गरि दिएका हुन् ।














