भोजपुरमा फेसवुक मार्फत ठगी गरेको आरोपमा २६ वर्षीय युवती प्रहरी नियन्त्रणमा


भोजपुर, ७ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले फेसवुक मार्फत ठगी गरेको आरोपमा एक यवतीलाई नियन्त्रणमा लिएको छ । फेक फेसवुक आइडी वनाएर ठगी गर्ने भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका– ७ वस्ने २६ वर्षीय सवित्रा भुर्तेललाई नियन्त्रणमा लिएको हो ।

भुर्तेलले आफ्नै आफन्त वैनीहरुको फेसवुकमा फोटो लगाएर विभिन्न वाहनामा युवाहरुबाट पैसा लिन गरेको भन्ने उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोधवुझबाट उनले आफू हेल्थ असिस्टेन्ट पढिरहेको र खर्चको अभाव भएको वताउदै युवालाई पैसा पठाई माग्ने गरेको खुलेको प्रहरीको भनाई छ । फेसवुकमा कुराकानी हुदै गए पछि ससस्त्रका दुई युवाले उनलाई १५÷१५ हजार रकम पठाई दिएको वताएका छन् । उनीसंग थप सोधवुझ भइेरहेको प्रहरीको भनाई छ । उनले वैनीहरुको प्रोफाइल फोटो हालेर दुई ओटा नक्कली आइडी वनाएर विभिन्न वाहनामा पैसा माग्ने गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार