भोजपुरमा १५ दिन उडान अवरुद्ध हुने, यस्तो छ कारण !


भोजपुर, ७ जेष्ठ ।
भोजपुर जिल्लामा नेपाल वायुसेवा निगमको उडान अवरुद्ध हुने भएको छ । जहाजको सम्पुर्ण पाठपुर्जाको नियमित जाँच गर्नु पर्ने भएकोले मंगलवारबाट १५ दिन सम्म उडान अवरोध हुने नेपालवायु सेवा निगम भोजपुर प्रमुख नारायण पुरीले जानकारी दिए ।

नेपाल एयरलाइन्सका २ ओटै ट्विन अटर जहाजको चेक जाँच गर्नु पर्ने भएको कारण उडान अवरुद्ध उडान १५ दिन सम्म अवरोध हुने पुरीको भनाई छ । नेपाल इएरलाइन्सको जहाजले भोजपुर –काठमाण्डौ मंगलवार विहिवार, शुक्रवार र शनिवार गरि हप्तामा चार दिन उडान भर्दै आएको थियो भने भोजपुर –विराटनगरको भने करिव डेढ महिनाबाट उडान रोकिएको थियो ।

उडान अवरुद्ध हुने भए पछि विशेष गरेर जिल्ला अस्पताल भोजपुरबाट वाहिरका अन्य अस्पतालका रिफर गरिएका विरामी, वृद्ध वृद्धा, वालवालिका, असक्त नागरिकलाई प्रत्यक्ष मार्का पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार