भोजपुरमा मानव वेच विखन मुद्धामा १८ वर्षीय युवती पुर्पक्ष लागि जेल चलान


भोजपुर, ५ जेष्ठ ।
मानव वेच विखन तथा ओसार प्रसारको मुद्धामा एक युवतीलाई पुर्पक्ष लागि जेल चलान गरिएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका– ६ दोभानेकी १८ वर्षीय  सविना राईलाई जेल चलान गरिएको हो ।

राईले आफ्नै गाउँका दुई जना विद्यार्थीलाई ललाई फकाई गरि होटलमा जागिर लगाई दिन्छु भन्दै भारत तर्फ लैजादै गर्दा संखुवासभा प्रहरीले ५ वैसाखमा पक्राउ गरेको थियो ।

संखुवासभामा आवश्यक वयान लिए पश्चात राईलाई संखुवासभा प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो ।

विराटनगरको एक होटलमा काम गर्दै आएकी आरोपित राई दोभानेमा आएर गत ४ वैसाखमा दुई जना विद्यार्थीलाई गाउँबाट लिएर भारत तर्फ हिडेकी थिइन् । राई विरुद्ध मानव वेच विखन तथा ओसार प्रसारको मुद्धाको फैसला हुन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार