भोजपुर, ३ जेष्ठ ।
जिल्ला अदालत भोजपुरले ज्यान मारेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका वडा नं– ११ आम्तेकका ५१ वर्षीय डम्बर बहादुर बुढाथोकी र ४१ वर्षीय बल बहादुर बुढाथोकीलाई जन्म कैदको फैसला गरेको हो।
अभीयुक्तद्धोयले सोहि वडाका स्थानीय पदम बहादुर बुढाथोकीलाई कुटपीट गरि मारेको अभियोगमा जिल्ला न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको फैसला गरेको हो । मृतक पदम बहादुरको गत २०७३ साल १७ माघमा भोजपुर सदरमुकामबाट घर फर्केने क्रममा सोहि वडाको नाङ्ले भन्ने भिरबाट मारेर फालेको अवस्थामा सव भेटिएको थियो ।
पहिलो पटक दिएको उजुरीमा प्रहरीले अभियुक्तलाई पक्राउ नगरे पछि मृतकी श्रीमती जानुका वुढाथोकीले दोश्रो पटक २०७३ साल ४ फागुनमा किटानी जाहेरी दिएकी थिइन् । जानुकाले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले अभियुक्तद्धोयलाई २०७३ साल १० फागुनमा पक्राउ गरि अदालतमा २०७३ साल १० चैत्रमा मुद्धा दर्ता भएको थियो ।
सो मुद्धाको जिल्ला अदालत भोजपुरले मंगलवार फैसला गरेको हो । लामो समयछि भए पनि न्याय पाएकोमा परिवारका सदस्यले खुसी व्यक्त गरेका छन् ।
मृतकका छोरा सन्तोष वुढाथोकीले भने ‘प्रहरीमा दुई पटक सम्म किटानी जाहेरी दिँदा पनि लिन मानेन, त्यसको केहि समय पछि मात्र मुद्धा दर्ता भयो । अहिले आएर अपराधीलाई जन्मकैदको फैसला हुँदा न्याय पाएको अनुभति गरेका छौ ।’