भोजपुरमा दुई दिन विद्युत अवरोध हुने, यस्तो छ कारण ।


भोजपुर, २ जेष्ठ ।

भोजपुर जिल्लामा दुई दिन आंशिक रुपमा विद्युत अवरोध हुने भएको छ ।

जिल्लामा वितरण भएको ३३ केभिए विद्युत प्रसारण लाइनको धनकुटा देखि पीलुवा सम्मको क्षेत्रमा मर्मत गर्नु पर्ने भएकोले भोली र पर्सी  (३ र ४ गते) विहान आठ वजेबाट साँझ ५ वजे सम्म विद्युत अवरोध हुने नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।

पछिल्लो समय विद्युत सेवा नियमित नहुँदा सेवा ग्राहीमर्कामा पर्दै आएका छन् । जसको कारण सरकारी कार्यालय, वैक तथा वित्तिय सस्था, सञ्चार गृह, स्थानिय, व्यापारी, सर्वसाधरण लगाएतलाई निकै समस्या हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार