भोजपुरमा लागुऔषधसंगै मदिरा जन्य पदार्थमा कडाई गरिने, यस्तो छ, निर्णय !


जिल्ला प्रशासन कार्यालय भोजपुरले लागुऔषधसंगै घरेलु जन्य मदिरा नियन्त्रणमा कडाई गर्ने भएको छ ।

लागुऔषध तथा मदिरा जन्य पदार्थका कारण समाजमा अपराधिक क्रियाकलाप वढेको ठहर गर्दै यस्ता क्रियाकलाप नियन्त्रणका लागि कडाई गर्न लागेको हो । यदि कसैले लागुऔषध तथा मदिरा सेवन गरेको  पाइएमा कडा कारवाही गरिने कार्यालयले जनाएको छ ।

त्यस्तै घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउन प्रचार प्रसार गर्ने, प्रहरी प्रसासनले स्थानिय जन प्रतिनिधिसंग सहकार्य गरि घरेलु मदिरा नियन्त्रणमा भुमिका खेल्ने लगाएत निर्णय समेत गरिएको जिल्ला प्रशासनका कार्यालय सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

विहिवार जिल्ला प्रशासन कार्यालय।, जिल्ला प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, नागरिक समाज, होटल व्यावसायी संघ लगाएतको वैठकले यस्तो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार