वडा अध्यक्ष बेपत्ता


उमाकुण्ड गाउँपालिका–५का वडा अध्यक्ष कुवेरबहादुर खत्री मंगलबार विहान देखि वेपत्ता भएका छन् ।

गाउँ कार्यपालिकाको बैठकमा भाग लिन भनि मोटरसाइकलमा च्यादलु हिँडेका खत्री वेपत्ता भएका हुन् ।

कार्यपालिकाको बैठकमा भाग लिन नआएपछि अध्यक्ष शेरबहादुर सुनुवार लगायतले उनलाइ फोन सम्पर्क गरेका थिए । फोन सम्पर्क हुन नसकेपछि परिवारसँग उनका बारेमा बुझिएको थियो । परिवारका सदस्यले कार्यपालिकाको बैठकमा भाग लिन विहानै गएको बताएपछि उनको खोजी गर्न थालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहका अनुसार खोजी गर्ने क्रममा खत्रीले प्रयोग गरेको मोटरसाइकल लिखु नदी किनारमा फेला परेको छ । मोटरसाइकलको छेउमा उनले लगाएका कपडा र डायरी समेत भेटिएको छ ।

गाउँपालिकाका पदाधिकारी , स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय च्यादलुका सुरक्षाकर्मी समेतले उनको खोजी तीव्र पोका छन् । साँझ सम्म उनको अवस्थाका बारेमा कुनै जानकारी नभएको उपरीक्षक सिंहले जानकारी दिए । ५१ वर्षीय खत्री नेकपा एमालेका तर्फबाट उक्त वडामा विजयी भएका हुन । उनको डायरीमा जनताको आकांक्षा जति गरेपनि पुरा गर्न नसकिने लगायतको व्यहोरा लेखिएको भेटिएको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार