
भोजपुर, २५ वैसाख ।
भोजपुरमा वैकिङ्ग कारोवार सञ्चालन भइरहेका स्थानिय तहमा अस्थायी प्रहरी चौकी राख्ने तयारी गरिएको छ ।
स्थानिय तहहरुले वैकिङ्ग कारोवार भईरहेकोले सुरक्षा चुनौती वढेको भन्दै प्रहरी चौकी राख्नु पर्ने माग गरेपछि सो कार्य अगाडी वढाइएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ ।
तत्काललाई निवेदन आएका साल्पासिलिछो गाउँपािलकाको चौकिडाँडा, पौवादुम्मा गाउँपालिकाको च्याङ्ग्रे र रामप्रसादराई गाउँपालिकाको बैकुण्ठेमा अस्थायी प्रहरी चौकी राख्नका लागि गृह मन्त्रालयमा माग गरीएको जिल्ला प्रसासन कार्यालयको भनाई छ ।
सम्बन्धीत स्थानीय तहमा जाने बैंकहरुले सुरक्षाका लागि स्थानिय तहले माग गरे अनुसार मंगलवार जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा अस्थायी प्रहरी चौकी राख्नका माग गरेको प्रमुख जिल्ला अधिकारी हीरा देवी पौडेलले वताइन् ।
साल्पासिलिछो गाउँपालिकामा नेपाल बंगलादेश, पौवादुम्मा गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा स्थापना गरि वैकिङ्ग कारोवार सञ्चालन भईरहेको छ, भने रामप्रसादराई गाउँपालिकामा एनआइसीए एसीया वैकले साखा खोल्ने तयारी गरेको छ ।















