भोजपुरमा सेफ्टी ट्याङकीमा डुब्दा एकको मृत्यु


भोजपुर, २४ वैसाख ।
भोजपुर नगरपालिका –६ देउरालीमा सेफ्टी टयाङ्कीमा डुवेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका – ९ काफ्ले घर भई फुपुको घरमा वस्दै आएका स्थानिय पुर्ण वहादर वस्नेतका ४२ वर्षीय छोरा शिव कुमार वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोमवार स्थानिय प्रशुराम राईको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही ट्याङ्कीमा झरेका वस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको हो ।

ट्याङकी झरी अचेत अवस्थामा रहेका वस्नेतलाई स्थानियले तत्काल उदार गरि अस्पताल पु¥याएकोमा चिकित्सकले २: २० मा मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार