
भोजपुर, २२ वैसाख ।
नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि शनिवार मतदान भएको छ । सात वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० वटा समितिमा पदाधिकारी चयनका लागि मतदान भएको हो । यसै विच भोजपुरमा पनि मतदान प्रक्रिया सम्पन्न गरिएको छ । जिल्लाका कुल ४७ जना मतदाता मध्ये २८ भोट खसेको नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुर अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए । मतदान नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि मोहन वान्तावाको उपस्थीतीमा गरिएको हो ।
नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिण्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् । केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नु परेको हो ।