भोजपुरमा पक्राउ परेका चार बस व्यवसायी रिहा, यस्तो भयो, सहमती !


भोजपुर,२२ वैसाख ।
शुक्रवार यातयात वन्द गराएको आरोपमा पक्राउ परेका जिल्लाका चार व्यवसायीहरु छुटेका छन् ।

सरोकारवाला विच शनिवार भएको छलफलबाट आफनो घर, ग्यारेजमा थन्काइएका सवारी साधनहरु सञ्चालन गर्ने सहमती पछि छाडिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । नागरिक समाजका संयोजक प्रशुराम तिवारीको रोहवरमा प्रहरीले वोलाएको खण्डमा उपस्थित हुने शर्तमा चारै जनालाई छाडिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका संयुक्त वस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई र सगरमाथा ट्याक्सी व्यावसायी संघका अध्यक्ष राजन राई र कोषाध्यक्ष अर्जुन तामाङ्गलाई छाडिएको प्रहरीको भनाई छ ।

विना सर्त रिहाइको माग गर्दै संयुक्त बस व्यावसायीसंघ र सगरमाथा ट्याक्सी व्यावुसायी संघ भोजपुरले संयुक्त विज्ञप्ती समेत जारी गरेका थिए । व्यावसायीहरुले जिल्लाको विषेश अवस्था र यात्रुहरुको समस्यालाई ध्यानमा राख्दै विगत दिन झै यातयात सञ्चालन गर्ने प्रतिवद्धता जनाएका प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार