भोजपुरमा छुरा प्रहारबाट २२ वर्षीय युवक गम्भिर घाइते, थप उपचारको लागि धरान लगियो


भोजपुर, २२ वैसाख ।
भोजपुर रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तीले आफ्नै साथीलाई छुरा प्रहार गरेका छन् ।

सोही गाउँपालिकाको वडा –६ छापगाउँका स्थानिय २९ वर्षीय उमेश राईले आफ्नै साथी २२ वर्षीय दिप्सन राईलाई पेटमा छुरा प्रहार गरेका हुन् ।चण्डी पुजाबाट घर फर्किने क्रममा सामान्य वादविवाद हुदा उमेशले दिपसन राईलाई एक्कासी बाया पेटमा धारिलो छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

शनिवार प्रहरी चौकी मानेभन्ज्याङमा खबर प्राप्त हुनसाथ तत्काल घटनास्थल तर्फ प्रहरी नायव निरिक्षकको कमाण्डमा ४ जनाको टोलि खटीएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाईतेको स्थानिय स्वास्थ्य चौकी बैकुण्ठेमा प्राथमिक उपचार प्रश्चात थप उपचारको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ । छुरा प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार