भोजपुर,२१ वैसाख ।
यातायात व्यवसायीको सीण्डिकेटले लामो तथा छोटो दूरीका सवारीका साधन नचल्दा शुक्रवार दिन भर भोजपुरको जनजीवन प्रभावित बनेको छ । जिल्लाबाट धरान, खोटाङ तथा जिल्ला भित्र चल्ने कुनै पनि यातायातका साधन नचल्दा यात्रुहरु मारमा परेका हुन् । उनीहरुले आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको थियो ।
बन्दका कारण लामो तथा छोटा दुरीका सवारी साधन चलेनन् । एम्बुलेन्स, निजी सवारी साधन, र मोटरसाइकलहरु निर्वाध रुपमा चलेका थिए ।
यसै विच सार्वजनिक सवारी साधनहरु सञ्चालनमा अवरोध गरेको आरोपमा संयुक्त व्यावसायीस संघ भोजपुरका अध्यक्ष गोपाल मोत्तान सहित चार जना व्यवसायीलाई पक्राउ गरीएको छ । संघका सचिव पाण्डव राई , सगरमाथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष राजन राई र कोषअध्यक्ष अर्जुन तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखीएको प्रहरीको जनाएको छ।