भोजपुर सदरमुकाममा मोटरसाईकल दुर्घटना, दुई घाइते


भोजपुर,१९ वैसाख ।
भोजपुर सदरमुकाममा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । अहिले साँझ करिव ६ :  ५० को समयमा दुर्घटना भएको हो । दुर्घटनामा परि भोजपुर नगरपालिका – ५ वस्ने कुमार घिमिरे र टेम्केमैयुङ्ग गाउँपालिका –२ छिनामखु वस्ने प्रदुप राई घाइते भएका हुन् । घाइतेहरुको शिद्धकाली हस्पीटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कुमारको दाइने आखामा चोट लागेको र प्रदुपको भने खास वाहिर चोट नदेखिएको प्रहरीको भनाई छ ।

भोजपुरको चारभञ्याङ्ग तिर जादै गरेको कुमार सवार, को ४ प ४६६१ र डाँडा गाउ तिर आउदै गरेको प्रदुप सवार को २९ प ४५३३ नम्वरको मोटरसाइकल नेपाल वैक छेउमा एक आपसमा ठक्कर खाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार