
भोजपुर, १९ वैसाख ।
भोजपुर नगरपालिका –४ शिद्धेश्वरका वडा अध्यक्ष प्रेम भण्डारीले प्रेश विज्ञाप्ती जारी गर्दै समाचारको खण्डन गरेका छन् ।
स्थानिय युवराज राउतलाई निर्वाचनको वेला अहयोग गरेको तथा आफ्नो वारेमा नराम्रो कुराकानी गरेको भन्ने विषय सञ्चार माध्यममा आएका समाचार भ्रामक भएको भन्दै वुधवार वडा अध्यक्ष विज्ञप्ती जारी गरेका हुन् ।
विभिन्न सञ्चार माध्यमले अध्यक्ष भण्डारीले गत माघ महिनामा सिफारिस पाउ भनि स्थानिय युवराज राउतले निवेदन दिएको र आफूलाई गाली वेइजती हुने गरि कुराकानी गर्दै हिँडेको भन्दै सिफारिस नदिएको विषयमा प्रमाण सहित समाचर प्रसारण तथा प्रकासन गरेका थिए ।
वडा अध्यक्षले हस्ताक्षर नगरेपछि राउतले अहिले सम्म वडा कार्यालयबाट सिफारिस नपाएको वताएका छन् । अध्यक्ष भण्डारीले सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।