भोजपुरको दलगाउँमा २५ वर्षीय युवालाई खुकुरी हाँनियो …


भोजपुर, १८ वैसाख ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका – ४ दलगाउँको लाकुरेमा एक युवक माथी खुकुरी प्रहार भएको छ ।

स्थानिय २५ वर्षीय कुमार राईलाई उनका ठुलोवुवा ६० वर्षीय दोर्ण वहादुर राईले खुकरी प्रहार गरेका हुन् । खुकरी प्रहारबाट राईको टाउँको पछाडीको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते राईको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरको भनाई । सोमवार दिउँसो कुमारको आमालाई गाली वेइजती गरेको विषयमा सामान्य विवाद हुँदा उनलाई खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार गर्ने दोर्णलाई पक्राउ गरि प्रहरीले अनुुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार