भोजपुर, १८ बैशाख ।
भोजपुरको षडानन्द नगरपालिकामा खुकुरी प्रहारबाट एक युवती घाईते भएकी छिन । खुकुरी प्रहारबाट षडानन्द नगरपालिका – ७ गढीगाउँ बस्ने कुमार सार्कीकी २० बर्षीय छोरी विमला चर्मकार घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोमबार दिउँसो दुई बजेको समयमा चर्मकारलाई सोहि नगरपाकिा –८ तुङ्गेछा बस्ने अन्दाजी ४५ वर्षीय कुमारी रोक्काले घरमा पाहुना आएको बेला खुकुरी प्रहार गरेकी हुन् ।
रोक्काको मासिक सन्तुलन ठिक नभएको प्रहरीको भनाई छ । खुकुरी प्रहारबाट चर्मकारको टाउको र हातमा चोट लागेको छ । चर्मकारलाई उपचारका लागि दिङ्ला स्वास्थ्य चौकी पठाएको र खुकुरी प्रहार गर्ने महिलालाई भने प्रहरीले नियन्त्रणमा लिई आफन्तको जिम्मा लगाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान लैजाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।