भोजपुरको रानीवासमा २९ वर्षीय युवक मृतफेला


भोजपुर,१५ वैसाख ।
भोजपुरको हतुवागढी गाउँपालिका– १ रानीवासमा एक युवक मृत भेटिएका छन् । स्थानिय टेक वहादुर वस्नेतका २९ वर्षीय छोरा २९ वर्षीय सुजन वस्नेत झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।

वेलुका परिवारसंगै खाना खाएर सुतेका वस्नेतलाई शुक्रवार विहान १ः३० वजे आफ्नै घरमा झुण्डीएको अवस्थामा परिवारकै सदस्यले मृत फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।

 

खवर पस्चात प्रहरी घटना स्थल पुगी आवश्यक प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टमको लागि शुक्रवार नै सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार